Premier Cables
Premier Steel

राजनीति

२१ जना उमेदवारलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १७, २०८२  | बिहान ८:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्न गतिविधि तीव्र बनाएको छ।

आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको जनाएको छ।

बिज्ञापन

आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न आयोगले सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार तथा संस्थासमेत गरी २१ जनासँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। तीमध्ये पाँच वटाको मात्र जवाफ प्राप्त भएको र बाँकीका लागि ताकेता जारी रहेको बताइएको छ।

आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति वा गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा संस्थामाथि निगरानी गर्दै नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने पहल भइरहेको आयोगले जनाएको छ।

आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा सक्रिय रहेको पनि जनाइएको छ। सो इकाइले पहिचान गरेका कूल ३०२ हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचनको मर्यादा र स्वच्छतामा आँच पुर्‍याउने कुनै गतिविधि देखिएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले स्पष्ट पारेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka