Premier Cables
Premier Steel

विराटनगर

नोना कोइराला १९औँ स्मृति दिवस मनाइयो

Calendar बुधबार, माघ १४, २०८२  | साँझ ६:४२ बजे

विराटनगर । कांग्रेसकी अग्रणी नेतृ नोना कोइरालाको १९औँ स्मृति दिवस मनाइएको छ ।

विराटनगर-४ स्थित नोना कोइराला स्मृति प्रतिष्ठानमा बुधबार कार्यक्रम गरिएको हो ।

बिज्ञापन

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले निरंकुशताविरुद्धको आन्दोलनमा नोना कोइरालाले निर्वाह गरेको भूमिका स्मरण गर्दै शालिकमा माल्यार्पण गरे ।

प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ज्योति आचार्यले नोना कोइरालालाई साहस, निष्ठा र संघर्षको पर्यायका रूपमा चित्रित गरे ।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष महेश सोनी, प्रतिष्ठानकी सदस्य एलिजा दाहाल, उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलाबल्लव घिमिरे, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितलगायत सहभागी थिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka