Premier Cables
Premier Steel

कोशी प्रदेश

डकेन्द्रसिंह थेगिम कुलमानको साथ त्यागेर लागे पहिचानवादी अभियानतिरै

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०८, २०८२  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्।

थेगिमसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले पनि साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

तीनै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पहिचानसम्बन्धी एजेन्डामा पार्टीले स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकाले पार्टीमा बस्नु नैतिक रूपमा असम्भव भएको बताएका छन्।

इलाममा सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थेगिम उज्यालो नेपाल पार्टीको समानुपातिक तर्फको बन्दसूचीमा समेत समावेश थिए।

पार्टी परित्यागपछि उनीहरूले पुनः पहिचानवादी मोर्चालाई विस्तार गर्दै आन्दोलनलाई सशक्त बनाउने संरचना निर्माण गर्ने घोषणा गरेका छन्। साथै, आगामी निर्वाचनका लागि दलहरूको घोषणा पत्रमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र तथा पूर्ण समानुपातिक प्रणालीप्रति स्पष्ट प्रतिबद्धता गराउन दबाब दिने निर्णय गरेका छन्।

उनीहरूले ‘नो कोशी’ र ‘नो केबलकार’ अभियानअन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक तथा सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

निर्वाचन नजिकिँदै गर्दा आफ्ना मागहरू सम्बोधन नभए ‘नो भोट’ अभियान सञ्चालन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka