Premier Cables
Premier Steel

कोशी प्रदेश

पत्रकारहरुसँग बिच्कँदै डा. शेखरले भने- कांग्रेसलाई जिताउने हो भने बाहियात प्रश्न नसोध्नुस् !

Calendar मंगलबार, माघ ०६, २०८२  | साँझ ५:१६ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई जिताउने हो भने बाहियात प्रश्न नगर्द पत्रकारहरुलाई सुझाव दिएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुले प्रश्न सोध्न थालेपछि कोइरालाले यस्तो बताएका हुन । उनले टिकट विवरण प्रक्रियाबारे आफूलाई नभएर वितरण गर्नेलाई प्रश्न गर्न भने ।

बिज्ञापन

पुराना अनुहारलाई नै दोहोर्‍याएको र टिकट वितरणमा न्याय नभएको भन्ने प्रश्नमा कोइरालाले ‘उम्मेदवारको नाम किन दोहोरियो र कसले पायो भन्ने कुरा टिकट दिने साथीहरूलाई सोध्न आग्रह गरे ।

पुस्तान्तरण र आगामी प्रधानमन्त्रीको उम्मेदवारका विषयमा उनले ‘त्यो त पार्लियामेन्ट्री बोर्ड र पार्टीले गर्ने निर्णय गर्ने विषय भएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसलाई जिताउने हो भने यस्ता वाइयात कुराहरू नगर्नुस्, राम्रा कुराहरू गर्नुस्।’

पार्टीको आन्तरिक विवाद र प्रधानमन्त्रीको दौडका बारेमा धेरै चर्चा नगर्न आग्रह गरे। कोइराला मोरङ ६ मा यसअघि पनि उठेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka