Premier Cables
Premier Steel

राजनीति

ओलीको चेतावनी- ‘एमालेलाई जिस्काउनु र बिच्काउनु महंगो पर्छ’

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न २:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताएका छन्।

झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा त्यस विषयमा प्रतिक्रिया व्यक्त गरेका हुन्। केहीबेरअघि उनी उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले हल्का धकेलाधकेल गरेका थिए। तर ओलीले त्यसलाई ठूलो झडप नभएको बताए।

बिज्ञापन

ओलीले भने, “एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ। त्यो कसैले पनि नगर्दा हुन्छ।”

उनले वर्तमान परिस्थितिमा देशमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन्। ओलीले थपे, “देशमा केही आगो लगाउन लागिरहेका छन् र नयाँ पिँढिमा भ्रम फैलाइरहेका छन्। देश बचाउन अनुभवी नेतृत्व आवश्यक छ।”

ओलीको यो अभिव्यक्ति रास्वपा र वर्तमान सरकारको संरक्षित दलको भूमिकासँग पनि जोडिएको देखिन्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka