Premier Cables
Premier Steel

मनोरञ्जन विराटनगर

सर्टमुभी झोले प्रदर्शनमा, जेनजी मुभमेन्ट मुख्य कथाबस्तु

Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न १२:३१ बजे

विराटनगर । विराटनगरका युवाहरूले भदौ २३ र २४ गते सम्पन्न ‘जेन्जी आन्दोलन’ को कथावस्तु समेटेर निर्माण गरेको सर्ट फिल्म ‘झोले’ सार्वजनिक गरिएको छ।

सामाजिक चेतना, राजनीतिक व्यङ्ग्य र युवाको दृष्टिकोणलाई एकसाथ प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको उक्त सर्ट फिल्म केही दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको हो।

बिज्ञापन

‘झोले’ सर्ट फिल्मको लेखन तथा निर्देशन विराटनगरका युवा शंकर शर्मा (नेपदेशी) ले गरेका हुन्। फिल्ममा विराटनगरका सन्दीप साह, सोनु मिश्रा, हितेश धरेवा, रोशन यादव, धमेन्द्र बोहरा, अर्जुन पोखरेल, धिरज दास, सुमित केशरी, गोपाल मण्डल, धिरज मण्डल, अजय रोय र सुनिल रोयलगायत स्थानीय कलाकारहरूको अभिनय रहेको छ।

उक्त सर्ट फिल्म ‘द न्यू सप इन्टरटेन्मेन्ट’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कलाकार सन्दीप साहका अनुसार केही दिनअघि विराटनगरस्थित ‘ह्याप्पी आवर एण्ड हेभन’ मा आयोजित विशेष कार्यक्रममा फिल्मको औपचारिक प्रदर्शन गरिएको थियो।

स्थानीय कलाकारहरूको अभिनय रहेको ‘झोले’ को छायांकन विराटनगरका विभिन्न स्थानमा गरिएको छ। युट्युब र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि फिल्मले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ।

सर्ट फिल्मले राजनीति र समाजबीचको सम्बन्धलाई सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गर्दै युवाहरूको सोच, असन्तुष्टि र अपेक्षालाई उजागर गरेको छ। साथै, जेन्जी आन्दोलनको पृष्ठभूमि र त्यसले समाजमा पारेको प्रभावलाई पनि फिल्ममार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।

आगामी निर्वाचनमा कस्ता नेतालाई रोज्ने भन्ने सन्देश दिँदै युवा मतदातालाई सचेत र सही निर्णयतर्फ प्रेरित गर्ने उद्देश्य फिल्मले बोकेको छ। ‘झोले’ पात्रमार्फत कलाकार सन्दीप साह (सागर) ले त्यसको प्रभावकारी उदाहरण प्रस्तुत गरेका छन्।

नोटको भरमा भोट किन्ने प्रवृत्तिबाट माथि उठेर असल नेता छनोट गर्ने जिम्मेवारी मतदाताकै हातमा रहेको सन्देश पनि फिल्मले दिएको छ। यस्ता सन्देशमूलक सर्ट फिल्महरूले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पार्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka