Premier Cables
Premier Steel

अन्य

बालेनले दिएको जिम्मेवारीमा बस्न तीन वडाध्यक्षद्वारा अस्वीकार

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ०५, २०८२  | अपराह्न १२:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दिएको जिम्मेवारीमा बस्न तीन वडाध्यक्षले अस्वीकार गरेका छन्।

वडाध्यक्षहरू दलबहादुर कार्की, बीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले बालेनले दिएका विभिन्न विषयगत जिम्मेवारी लिन अस्वीकार गरेका हुन्। मेयर बालेनले कार्कीलाई सुशासन समिति, प्रजापतिलाई सूचना प्रविधि समिति र राजभण्डारीलाई सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी दिएका थिए। तर, कार्यपालिकाको बैठकले अनुमोदन नगरेको भन्दै उनीहरूले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन्।

बिज्ञापन

काठमाडौं महानगरपालिकाको प्रमुखज्युको सचिवालयको च.नं. ६२०, ६२१ र ६२२, मिति २०८२/०२।०१ गतेको पत्रमार्फत हामी तपसिलका नगर कार्यपालिकाको सदस्यहरूलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम (१) बमोजिमको तपसिलका विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारीहरू कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा संयुक्तरूपमा जानकारीको लागि अनुरोध गर्दछौं,’ उनीहरुले सामूहिक पत्रमार्फत जानकारी गराएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka