Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको रोयल मार्बल कार्यालय अगाडि स्थानीयको प्रदर्शन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०१, २०८२  | साँझ ४:४४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रोयल मार्बलको लापरबाहीका कारण पाँच जनाको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन्।

बिहीबार बिहान मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच कामदारको ज्यान गएको थियो।

मार्बल कम्पनीको विराटनगरस्थित कार्यालय अगाडि गरिएको प्रदर्शनका क्रममा अहिले सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। प्रदर्शनकारीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुका साथै ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन्।

घटना भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा बिहीबार बिहान भएको हो। विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे लौकही हुलाकी मार्गमा अनियन्त्रित भई पल्टिएको थियो।

ट्रकमा लोड गरिएको मार्बलले किचिँदा ट्रकको माथि बसेका पाँचै जना कामदारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सुनसरीको बर्जु–१ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, अन्दाजी ४५ वर्षका चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka