हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको र पूर्ण परीक्षण तथा सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा याचना गरेको छ ।