Premier Cables
Premier Steel

राजनीति

कांग्रेसमा कोही पनि ‘बा’ छैन्, जसले बोल्न रोक्छः गगन थापा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | साँझ ७:०९ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र कुनै ‘बा’ नरहेको र कसैले नबोल भनेकै भरमा बोल्न छोड्ने अवस्था नरहेको बताएका छन्।

विशे
ष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस दास र लासहरूको पार्टी नभएको उल्लेख गरे। “कांग्रेस जिउँदा मान्छेको पार्टी हो। कांग्रेसभित्र प्रश्न मरेको छैन,” थापाले भने, “जस पार्टीभित्र प्रश्न मर्छ, त्यो पार्टीले समाजमा पनि प्रश्न गर्न सक्दैन।”

उनले पार्टीभित्र मालिक–दासको सम्बन्ध अस्वीकार्य भएको भन्दै सबै सदस्य बराबर रहेको बताए। “तल बस्ने सदस्यलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ,” उनले भने। यो कांग्रेसभित्रको आन्तरिक संघर्ष भएको पनि उनले स्पष्ट पारे।

थापाले सत्ता प्राप्तिका लागि नभई देश र जनतालाई बुझ्ने विषयमा मतभेद हुँदा केही सदस्य विशेष महाधिवेशनमा सहभागी भएको र केही सहभागी नभएको बताए। कांग्रेसभित्र कुनै तह नरहेको, सबै सदस्यको समान हक भएको र तल्लो तहको सदस्यको अधिकार सबैभन्दा बलियो रहेको उनको भनाइ थियो।

पार्टीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले चुनाव एउटासँग गठबन्धन गरेर लड्ने र अर्कोसँग सरकार बनाउने, अनि सरकारबाट बाहिरिएपछि सबै समाप्त भएझैँ गर्ने प्रवृत्तिमाथि पार्टीभित्र प्रश्न उठेको बताए।

विशेष महाधिवेशनको निष्कर्षबारे आफू अनभिज्ञ रहेको बताउँदै उनले भने, “यो सदस्यहरूको मागमा भएको विशेष महाधिवेशन हो। सदस्यहरूले नीति र नेतृत्व दुवै परिवर्तनको माग गरेका छन्। यो प्रक्रिया कहाँ पुगेर टुंगिन्छ, मलाई थाहा छैन। त्यो भेलाले निर्णय गर्छ, र म त्यसलाई मान्नुपर्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka