Premier Cables
Premier Steel

अन्य

हाई अलर्टमा रहन उपत्यका प्रहरीलाई आइजीपी थापाको निर्देशन

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ ०४, २०८२  | साँझ ५:२३ बजे

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले व्यवस्था र संविधानविरोधी तत्व निकै सल्बलाएको भन्दै नियन्त्रणका लागि कठोरतापुुर्वक लाग्न निर्देशन दिनुभएको छ ।

आइजीपी थापाले संबिधानबिरोधी तत्वको सल्बलाहटलाई अत्यन्तै गम्भीरतापूर्वक लिन पनि मातमतका निकायलाई आदेश दिनुभएको छ । आइतवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै आइजीपी थापाले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शन हिंसात्मक हुनसक्ने सूचना पाएको भन्दै हाइ अलर्ट (उच्च सतर्क) रहन निर्देशन दिनुभयो ।

बिज्ञापन

‘ जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शन हिंसात्मक हुनसक्ने सूचना आइरहेको छ,’ मातहतका अधिकारीलाई निर्देशन दिँदै आइजीपी थापाले भन्नुभयो, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्व दिनुहोला ।’ उहाँले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहन पनि निर्देशन दिनुभएको छ ।

पछिल्लो समय प्रहरी कर्मचारीबीच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा पनि आइजीपी थापाले मुख खोल्नुभयो । उहाँले यस्ता हर्कत संगठनका लागि स्वीकार्य नभएको बताउनु भयो । ‘ड्यूटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य हुन्न,’ आइजीपी थापाले भन्नुभयो ।

अघिल्लो साता नाकढुंगा नाकामा ट्राफिक पोष्ट नाकढुंगाका प्रमुख प्रहरी निरीक्षकले ड्यूटीमै रहेको बेला सहायक हवल्दारमाथि झापड हानेका थिए । सो घटना सार्वजनिक भएपछि प्रहरीले प्रहरी निरीक्षकलाई कार्वाही स्वरुप उपत्यका ट्राफिकमा तानेर छानविन अघि बढाएको छ । ‘आफै झगडा गर्ने, हातमापात गर्ने, त्यसमाथि पनि पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो’, आईजी थापाले भन्नुभयो ।

आइजीपी थापाले गलत काम गर्नेलाई कडाइका साथ दण्ड दिने पनि बताउनु भयो । ‘गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन,’ आइजीपी थापाको भनाई थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka