आफू निकट विशेष महाधिवेशन पक्षधरसँग डा. शेखरले गरे छलफल
नोट: यो समाचार १ महिना अघिको हो
सोमबार, पुष २१, २०८२ |
अपराह्न १:३८ बजे
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट विशेष महाधिवेशन पक्षधर नेतासँग छलफल गरेका छन्।
कोइरालाले सोमबार बिहान आफूनिकट नेताहरूसँग महाधिवेशन विवाद समाधानको मध्यमार्गी विकल्पबारे छलफल गरेका हुन्। कोइराला निकट विशेष महाधिवेशनको नेतृत्वकर्ता देवराज चालिसेले पार्टीको हित केन्द्रित विवाद समाधानको खोजी भइरहेको बताए।
‘विशेष महाधिवेशनबारे छलफल भइरहेको छ। आज बिहान नेताहरूसँग छलफल भयो। अहिले हामी ९विशेष महाधिवेशन पक्षधर० पनि छलफल गर्दै छौँ। पार्टीको हित केन्द्रमा राखेर समाधान खोज्नुपर्छ,’ चालिसेले भने।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७-२८ का लागि गरेको विशेष महाधिवेशनको आह्वानको विपक्षमा उभिएका नेता कोइरालाले आफू निकट विशेष महाधिवेशन पक्षधरलाई मनाउने प्रयास गरिरहेका छन्।