Premier Cables
Premier Steel

राजनीति विराटनगर

सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी छैन : नेता शेखर कोइराला

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | अपराह्न २:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालको सरकार पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वबाट टाढा रहेको आरोप लगाएका छन्। आइतबार विराटनगरको बरगाछीमा आयोजित “मुक्तिप्रसाद यदुनाथ चापागाईं सम्मान” कार्यक्रममा बोल्दै कोइरालाले जनताले सुशासनको अनुभूति गर्न नसकेको स्पष्ट पारे।

उनका अनुसार अहिलेको सरकार न जवाफदेही छ, न उत्तरदायी छ, न त पारदर्शी नै। यस्ता संरचनामा लोकतन्त्र स्वयं संकटमा पर्ने भन्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह नगरेको टिप्पणी गरे। “तीनै अंगहरू असन्तुलित छन् भने देश कसरी अघि बढ्छ?” भन्दै उनले प्रधानमन्त्री वा मन्त्री परिवर्तनले मात्र मुलुकको अवस्था सुध्रिने होइन भन्ने धारणा राखे।

बिज्ञापन

कोइरालाले मुलुकको निर्वाचन प्रणाली नै मिलिजुली सरकार बनाउने दिशामा बाध्य बनाएको स्वीकारे। तर मिलिजुली सरकारको नाममा पार्टीका सिद्धान्त र नीतिहरू त्याग गर्नु उचित नहुने चेतावनी पनि दिए। “हामीले बनाएको प्रणालीले डेमोक्रेसीलाई धरापमा पारेको छ,” भन्दै उनले सैद्धान्तिक धरातल बलियो नबनाए लोकतान्त्रिक मूल्यहरू कमजोर हुने खतरा औंल्याए।

कार्यक्रममा समाजसेवी तथा नव प्रतिभालाई सम्मानसमेत गरिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka