विराटनगर । ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा कोसी प्रदेशको राजधानी विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ ।
रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । रक्तदान जस्तो मानवीय तथा जीवनरक्षक कार्यमार्फत समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्न पाएकोमा बैंक परिवार गौरवान्वित रहेको जनाएको छ ।
यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव झेलिरहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको क्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा संकलित रगत विभिन्न अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार प्रयोग गरिने जनाइएको छ ।

