Premier Cables
Premier Steel

विराटनगर

मालपोत र जिल्ला प्रशासन मोरङबाट २९ जना ‘सेवाग्राही समन्वयकर्ता’ पक्राउ

Calendar मंगलबार, पुष ०८, २०८२  | साँझ ४:४७ बजे

विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले लेखापढीमा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरी टोलीले दिउँसो २९ जनालाई पक्राउ गरेको हो।

सेवाग्राहीको काममा समन्वय गर्दै आएकाहरुलाई पक्राउ गरेको विरोधमा लेखापढी व्यवसायीले मालपोत कार्यालयमा तालाबन्दी समे गरिदिएका थिए । तर, प्रहरीले ताला भने खुलाएको छ ।

बिज्ञापन

प्रहरीले मंगलबार ती दुई कार्यालय परिसरबाट पक्राउ गर्न ठूलो संख्यमा प्रहरी पुगेका थिए । सेवा सम्बन्धी गुनासो आएपछि प्रहरी कारवाही स्वरुप पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय लगेको थियो । पक्राउ परेकामध्ये ९ जना जिल्ला प्रशासन कार्यालयबाट र २० जना मालपोत कार्यालयबाट पक्राउ परेका हुन्।

यसैबीच, लेखापढी व्यवसायीहरूले पक्राउको विरोध गरेका छन् । उनीहरुलाई आजै साँझ नै छाड्ने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka