Premier Cables
Premier Steel

समाचार

के नेपालमा फेसबुक मोनाइज्ड बन्द भएको हो ? केही सुविधा काटिए

Calendar शुक्रबार, पुष ०४, २०८२  | बिहान ११:०९ बजे

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले नेपालमा कन्टेन्ट मोनिटाइजेसन बन्द गरेको खबर चर्चामा छ ।

फेसबुक पेज तथा क्रियटरहरूको ड्यासबोर्डमा ‘Your ability to earn is limited’ र ‘Local legal requirement or government request’ जस्ता सूचना देखिन थालेपछि यस्तो खबर फैलिएको हो ।

बिज्ञापन

केही सञ्चारमाध्यमहरुमा समेत ‘मोनिटाइजेसन बन्द’ भन्ने समाचारहरू प्रकाशित भएपछि प्रयोगकर्ताहरूमाझ मोनिटाइजेसन बन्द भएको खबर फैलिएको हो ।

तर वास्तविकता भने फरकछ । फेसबुकको माउ कम्पनी मेटाका अमेरिकास्थित प्रतिनिधिका अनुसार फेसबुकले तोकेकानियम परिवर्तन भएको कारणले मोनिटाइजेसनमा समस्या देखिएको हो ।

के हो समस्या ?

फेसबुकले नेपालमा मोनिटाइजेसन सुविधा सुरुगर्दा तुलनात्मक रूपमा सहज मापदण्ड तोकेको थियो । पहिलो अपडेटका क्रममा क्रिएटरले२८ दिनभित्र ५ लाख इन्गेजमेन्ट पुर्‍याउनुपर्ने र २ हजारभन्दा बढी फलोअर भएपछिमोनिटाइज गर्न पाउने प्रावधान थियो । यो मापदण्ड सहज भएकाले नेपालमा धेरैक्रिएटरहरू मोनिटाइजेसनका लागि योग्य भएका थिए ।

तर, करिब पाँचदिनअघि मेटाले आफ्नो नियम अपडेट गर्‍यो । नयाँ नियमअनुसार, मोनिटाइजहुनका लागि क्रिएटरहरूले ९० दिनभित्र कम्तीमा तीनवटा रिल अपलोड गर्नुपर्ने,प्रयोगकर्ताको १० हजार फलोअर्स हुनुपर्ने र २८ दिनभित्र १ लाख ५०हजार भ्युज हुनुपर्ने मापदण्ड तोकेको छ ।

नेपालमा मोनिटाइजेसन सुविधा खोल्दा ‘स्टार्स’, ‘बोनस’ र ‘एड्स’ जस्ता फिचरहरू उपलब्ध गराइएका थिए । यद्यपि,नेपाली प्रयोगकर्ताले स्टार्स पठाउने प्रचलन नभएकाले धेरैजसोआम्दानी ‘कन्टेन्ट मोनिटाइजेसन’ बाटमात्र हुने गरेको थियो ।

हालै भएको अपडेटपछि फेसबुकले लाइभ एड्स (लाइभ स्ट्रिमगर्दा आउने विज्ञापनहरू) हटाइएका छन् । त्यसैगरी, रिलमा आउनेविज्ञापनहरू (रिलको तल वा अन्त्यमा आउने विज्ञापनहरू) पनि हटाइएको हो ।

जुन-जुन पेजहरू पहिले नै मोनिटाइज भइसकेका थिएर इनेबल थिए, उनीहरूले फेसबुकबाट ‘कन्टेन्ट मोनिटाइजेसन इज लिमिटेड’ भन्ने सन्देशप्राप्त गरेका थिए । यो सन्देश आउनुको मुख्य कारण आम्दानीका स्रोतहरूमा कटौती हुनुहो । उदाहरणका लागि, यदि क्रिएटरले पहिले १० वटा माध्यमबाटआम्दानी गर्न पाउँथे भने, अहिले त्यो सङ्ख्या दुईवटामा सीमितहुन पुगेको हो ।

यसर्थ, मोनिटाइजेसनपूर्ण रूपमा बन्द नभई आम्दानी गर्ने माध्यमहरूमा सङ्कुचन आएकाले यसलाई ‘सीमित’ भनिएको हो । यद्यपि, फेसबुकलेहटाएको भनिएका केही फिचरबाट समेत अहिले पनि कमाइ भइरहेको हुनसक्ने भएकाले फेसबुककोआधिकारिक भनाइ र क्रिएटरहरूको वास्तविक कमाइको अवस्था ठ्याक्कै मेल खाँदैन ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka