Premier Cables
Premier Steel

समाचार

घोषित मितिमा चुनाव नभए संसद पुर्नस्थापना हुन्छः डा. शेखर कोइराला

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | साँझ ६:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पनि संसद पुनर्स्थापना नभए संसद पुर्नस्थापना भएर जाने बताएका छन् ।

निर्वाचनको तयारी भईसकेको अवस्थामा निर्वाचनमा कांग्रेसले भाग लिने बताउँदै उनले घोषित मितिमा निर्वाचन नभए संसद पुनर्स्थापना हुनुपर्ने बताए ।

बिज्ञापन

बुधबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने,‘‘ निर्वाचन नभए देशमा संवैधानिक संकट आउँछ । चुनाव नहुने हो भने संसद पुनर्स्थापनाको माग अगाडि बढेर जान्छ ।”

कोइरालाले अहिलेको सरकार संविधान अनुसार नबनेको भन्दै संविधानलाई अझै ‘डिरेल’ गर्दै जाने हो भने देशको अवस्था के हुन्छ भन्ने बुझ्न जरुरी भएको बताए । चुनाव हुन नसके संसद पुनर्स्थापना भएर अगाडि जानुपर्ने कोइरालाको भनाई थियो ।

उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा भाग लिने केन्द्रीय समितिको निर्णयलाई भने आत्मसात् गर्ने बताए ।

“हामीले निर्वाचनमा भाग लिने भनेका छौँ, उनले भने,’तर व्यक्तिगत स्वतन्त्रताको ख्याल गर्दै सांसदहरू सर्वोच्च अदालत जानुलाई अन्यथा लिनु हुँदैन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka