Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Calendar आइतबार, मंसिर २८, २०८२  | बिहान १०:०१ बजे

विराटनगर । मोरङमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पैदलयात्री र एक ट्याक्टरका सह–चालकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बिज्ञापन

दुर्घटनामा अन्दाजी ५० वर्षका, हालसम्म परिचय नखुलेका पैदलयात्री गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी चौकी झोराहाटको टोलीले मोटरसाइकल चालक १८ वर्षीय इसान पौडेललाई नियन्त्रणमा लिएको छ ।

यस्तै, सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँमा आइतबार बिहान करिब ५ः४५ बजे को १ त ६४५८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

भित्री सडक खण्ड हुँदै गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी सह–चालक स्थानीय २६ वर्षीय अतित राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा बिहान ७ः१५ बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka