Premier Cables
Premier Steel

राष्ट्रिय

चुनाव बैसाख सर्न सक्ने कांग्रेस महामन्त्री शर्माको संकेत

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र ‘जेनजी’बीच भएको सहमतिको स्वागत गरेका छन्। उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्ने सहमति महत्वपूर्ण भएको टिप्पणी गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शर्माले, ‘जेनजी आन्दोलनले स्थापित गरेको सुशासनको संकल्प र अठोट आगामी दिनमा सबैको साझा जिम्मेवारी बन्नुपर्छ,’ भने।

बिज्ञापन

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन नै सहमति कार्यान्वयनमा बाधक बन्नु नहुने उनले उल्लेख गरे। जेनजी समूहलाई समेट्दै विश्वसनीय चुनावी वातावरण सिर्जना गर्न आवश्यक परे निर्वाचन वैशाखमा सारिनुपरे पनि त्यसलाई स्वाभाविक रूपमा लिन सकिने उनको भनाइ छ। तर, आफूहरू भने फागुन २१ प्रति प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

‘जेनजी समूहलाई अपनत्वमा जोड्न, चुनावी वातावरण विश्वसनीय बनाउन र हिमाली क्षेत्रमा सहजता सुनिश्चित गर्नुपर्ने आवश्यकता आयो भने निर्वाचन वैशाखमा पुग्नुपरे स्वाभाविक मान्नुपर्दछ,’ शर्माले लेखे, ‘सहमति र सहकार्यले आगामी यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व हो।’

सहमति प्रक्रियामा सरकार पक्षले राजनीतिक दललाई पर्याप्त रूपमा समेट्न नसकेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे। ‘भोलिका लागि भरपर्दो बनाउन सरकार नचुक्नुपर्थ्यो,’ शर्माको टिप्पणी छ। उनले सहमति कार्यान्वयनका प्रारम्भिक चरणमै सरकारले गम्भीरता देखाउनु जरुरी रहेको उल्लेख गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka