Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधि सभामा निर्वाचन कार्यतालिका सार्वजनिक

Calendar शुक्रबार, मंसिर १९, २०८२  | बिहान ८:३८ बजे

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ ।

निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।

बिज्ञापन

आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मंसिर २१ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ ।

समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मंसिर २४ गते प्रकाशित हुनेछ ।

आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उमेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

माघ ३० गते भने समानुपातिकतर्फको उमेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उमेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उमेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ ।

माघ ८ गते उमेदवारको नामावली प्रकाशन हुनेछ । माघ ९ गते उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उमेदवारको अन्तिम नामावली प्रकाशन हुने र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka