Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा सार्वजनिक कार्यक्रम गर्दा फोहोर व्यवस्थापन गर्न निर्देशन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर १८, २०८२  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिकाले सूचना जारी गर्दै महानगर क्षेत्रका खुल्ला चौर, बाटो, सार्वजनिक तथा निजी जमिनमा मेला, सांस्कृतिक, सामाजिक, निजी कार्यक्रम तथा राजनीतिक सभा-समारोह जथाभावी आयोजना गर्ने क्रम बढेकाले फोहोर व्यवस्थापन योजना मिलाउन निर्देशन दिएको छ।

महानगरको सम्पर्क व्यवस्थापन शाखाले जारी गरेको सूचनामा जनाइएअनुसार, यस्ता कार्यक्रमहरूका कारण फोहोर र अव्यवस्था बढिरहेको भन्दै अबदेखि कुनै पनि सार्वजनिक तथा निजी स्थानमा कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरिएको छ।

फोहोरमैला व्यवस्थापन योजना सहित स्वीकृति प्राप्त कार्यक्रम मात्र सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ।

महानगरपालिकाले सर्वसाधारणलाई यस व्यवस्था पालनाका लागि आग्रह गर्दै अनधिकृत रूपमा कार्यक्रम सञ्चालन नहोस भन्ने चेतावनी पनि दिएको छ।

सूचना प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले हस्ताक्षर गरी सूचना जारी गरेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka