Premier Cables
Premier Steel

राष्ट्रिय

नाम फेरिएर ‘म्यादी’को सट्टा अब ‘निर्वाचन प्रहरी’!

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | बिहान ७:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षामा खटाइने म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’का रूपमा पहिचान दिने तयारी गरिएको छ।

विगतमा निश्चित समयका लागि भर्ना गरिने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’ भन्ने गरिएको थियो। तर, यसपटक त्यसैलाई बदल्दै ‘निर्वाचन प्रहरी’ नाम प्रयोग गर्न लागिएको हो।

बिज्ञापन

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचन सुरक्षाको अवधि पूरा गर्न नेपाल प्रहरीको नेतृत्वमा रहने गरी भर्ना गरिने जनशक्तिलाई ‘निर्वाचन प्रहरी’ को पहिचान दिइनेछ।

उनले भने, ‘म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० दिनको कार्यअवधि राखी भर्ना प्रक्रिया अघि बढाइँदैछ। नाम परिवर्तनले मात्र सबै कुरा बदलिँदैन, तर यसले कार्यको उद्देश्य र जिम्मेवारीलाई स्पष्ट रूपमा झल्काउँछ।’

यसैका लागि ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड-२०८२’ को मस्यौदा प्रहरीप्रधान कार्यालयले तयार पारिरहेको गृहमन्त्रालयले जनाएको छ।

छनोटदेखि कार्यअवधि पूरा भइ मतपरिणाम आउँदासम्म निर्वाचन प्रहरी नेपाल प्रहरीकै मातहत रहनेछ। उनीहरूले प्रहरी जवानले पाउने आधारभूत तलबअनुसार पारिश्रमिक पाउनेछन्।

साथै, कार्यरत जिल्लाको स्केलअनुसार रासन भत्ता, पोसाक भत्ता तथा यात्रा खर्चसमेत प्राप्त गर्ने व्यवस्था हुनेछ, जसरी विगतमा म्यादी प्रहरीले पाउँदै आएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa