Premier Cables
Premier Steel

कोशी प्रदेश

दुहबी नगरपालिकालाई कोशी सरकारले दियो ल्यापटप -कम्प्युटर

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १२, २०८२  | साँझ ४:१८ बजे
Hamro Biratnagar Headlines

विराटनगर। सेवा प्रवाह पुनःसञ्चालनका लागि कोशी प्रदेश सरकारको पहलमा दुहबी नगरपालिकालाई करिब १८ लाख रुपैयाँ बराबरका ल्यापटप, कम्प्युटर, दराजसहित ११ प्रकारका सामग्री प्रदान गरिएको छ।

बिहीबार एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नगरप्रमुख बेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरे।

बिज्ञापन

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरूको पुनःस्थापनाका लागि दिइने सहयोग कार्यक्रम अन्तर्गत पहिलो चरणको वितरण दुहबीबाट सुरु गरिएको हो। यसै कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ३० पालिकामा करिब ६ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गर्ने योजना रहेको छ।

प्रदेशका ४०१ मध्ये १५४ वडामा सेवा चुस्त–दुरुस्त बनाउन आवश्यक सामग्री उपलब्ध गराइने जनाइएको छ। जेन्जी आन्दोलनका कारण कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ३७ तहमा आंशिक वा पूर्ण क्षति पुगेको थियो।

मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारले प्राप्त सहयोग रकमलाई जनताको प्रत्यक्ष सेवासम्बन्धी कार्यालयहरूलाई प्राथमिकताका साथ वितरण गरिरहेको छ। कार्यालयहरूलाई पुनःस्थापना गर्ने लक्ष्यअनुसार कामलाई तीव्र गतिमा अघि बढाइने पनि उनले बताए।

प्रदेश सरकारका अनुसार सामग्री वितरणले क्षतिग्रस्त वडाहरूमा सेवा प्रवाह पुनःसञ्चालन गर्न ठूलो मद्दत पु(याउने र आम नागरिकलाई राहत मिल्ने अपेक्षा छ। कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सीसहित कुल ६ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइने जनाइएको छ।

यो सहयोग स्वीस सरकारको विकास सहयोग कार्यक्रम अन्तर्गत प्राप्त भएको हो। मुख्यमन्त्री कार्कीको विशेष पहल तथा सक्रियतामा प्रदेश सरकार र विकास साझेदारबीच समन्वय गरी सामग्री व्यवस्थापन तथा वितरण गरिएको मुख्यमन्त्री कार्यालय, कोशीले जनाएको छ।

मुख्यमन्त्री कार्कीले स्थानीय तहमार्फत नै बढी सेवा प्रवाह हुने भएकाले वडास्तरमै सेवा पुनःस्थापना तथा क्षमता अभिवृद्धिको अभियान अघि बढाइएको उल्लेख गर्नुभयो। क्षतिग्रस्त वडाहरूमा प्रशासनिक, प्राविधिक तथा स्वास्थ्य सेवा सहज बनाउन यो सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ। १० दिनभित्र सबै सामग्री वितरण सम्पन्न गरिने जानकारीसमेत उनले दिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै दुहबी नगरप्रमुख गच्छदारले प्रदेश सरकारको सहयोगले पुनर्निर्माणमा ठूलो प्रोत्साहन प्राप्त भएको बताए । उनका अनुसार दुहबी नगरपालिकामात्रै करिब ४ करोड ६५ लाख रुपैयाँको क्षति भएको छ। मुख्यमन्त्री कार्कीले स्वयं सामग्री हस्तान्तरण गरी हौसला प्रदान गरेकोमा गच्छदारले आभार व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka