Premier Cables
Premier Steel

स्वास्थ्य

दुहबी नगर अस्पताल उद्घाटन

Calendar आइतबार, मंसिर २८, २०८२  | साँझ ७:४६ बजे

दुहवी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शैयाको दुहवी नगर आधारभूत अस्पताल शुभाम्भ भएको छ ।

आइतबार एक कार्यक्रमबीच दुहवीक नगरपालिकाका मेयर वेदनारायण गच्छदारले अस्पताल उद्घाटन गरे ।

बिज्ञापन

जनस्वास्थ्यलाई ध्यान दिई अत्याधुनिक उपकरणसहितको अस्पताल संचालनमा ल्याइएको उनले बताए । विशिष्ट अतिथिका दुहवी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडाले जनतालाई सहज स्वास्थ्य सेवा उपभोग गराउने उद्देश्यसहित अस्पताल संचालन गरिएको बताइन् ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेले आधारभुत रुपमा नगरभित्रका जनता र छिमेकी स्थाननीय तहका जनताहरुलाई स्वास्थ्य सेवा पहुँच बढ्ने बताए । अनुभवी चिकित्सकसहित २४ सै घन्टा स्वास्थय सेवा उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए ।

अस्पतालबाट इमर्जेन्सी, ओपीडी , प्रसूति, मातृशिशु तथा परिवार नियोजन, भिडियो एक्स–रे र डिजिटल एक्स–रे , प्रयोगशाला, रेबिज रोगविरुद्धको खोप आदि सेवा दिइने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka