Premier Cables
Premier Steel

विराटनगर

कटहरी-रामचोक हुलाकी सडक खण्डमा कालोपत्रे कार्य पुनः सुरु

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १२, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । लामो समयदेखि अवरुद्ध कटहरी–रंगेली हुलाकी सडक खण्डमा अन्ततः कालोपत्रे कार्य पुनः सुरु गरिएको छ। शुक्रबारदेखि कटहरी–रामचोकबीचको मध्य भागमा कालोपत्रे थालिएपछि स्थानीयस्तरमा आशा पलाएको छ।

रंगेली हुँदै गौरीगञ्ज जोड्ने यो मार्गको अधिकांश भाग पहिले नै निर्माण सम्पन्न भएको भए पनि कटहरीदेखि रामचोकसम्म करिब ५ किलोमिटर सडक वर्षौंदेखि अलपत्र अवस्थामा थियो। उक्त खण्डको काम छिटो सम्पन्न गर्न माग गर्दै स्थानीयवासीले पटक–पटक आन्दोलन र सडक धर्नासमेत गरेका थिए।

बिज्ञापन

सिंघिया खोलादेखि नयाँ बजारसम्मको निर्माण कार्य सुरु भएको ६ वर्ष बित्दासमेत जम्मा २७ प्रतिशत मात्र प्रगति भएपछि स्थानीय दबाबका कारण जिल्ला प्रशासन कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको थियो।

२०७६ सालमा गजुरमुखी-श्रेष्ठ कन्स्ट्रक्सनले ३ अर्ब ६० करोडमा रतुवा खोलादेखि केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी सडक चार लेनमा निर्माण गर्ने जिम्मा लिएको थियो। तर कटहरी खण्डको काममा बेवास्ता गर्दै आएको श्रेष्ठ कन्स्ट्रक्सनका कारण कार्य सुस्त गतिमा अघि बढेको बताइन्छ।

२०७६ कार्तिक २४ मा भएको सम्झौता अनुसार २०७९ कार्तिक २३ भित्र काम सकिनुपर्ने थियो। समयमै काम नपुग्दा दुई पटक म्याद थपिएको थियो भने दोस्रो म्याद २०८२ जेठ मसान्तमा सकिएको थियो। हुलाकी सडक आयोजनाको निरन्तर दबाबपछि अन्ततः काम पुनः सञ्चालनमा आएको हो।

कटहरी गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष किशोर पाण्डेले काम पुनः सुरु हुनु स्थानीयका लागि राहतको विषय भएको बताए। यसअघि सर्वदलीय बैठक बसेर पुरानो ठेक्का खारेज गरी नयाँ प्रक्रिया अघि बढाउन माग गरिएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka