Premier Cables
Premier Steel

राष्ट्रिय

रवि-छवि मुद्दाको पेशी फेरि स्थगित

Calendar बिहिबार, मंसिर ११, २०८२  | अपराह्न १२:५० बजे

बुटवल । सुप्रिम सहकारी संस्थामा भएको रकम ठगी र संगठित अपराधको मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ।

दुवैको मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको इजलास नम्बर ३ मा परेको थियो। बिगोबमोजिमको रकम बुझाइसकेकाले थुनामुक्त भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै लामिछाने उच्च अदालतमा निवेदन दिएका थिए।

बिज्ञापन

आजको पेशी स्थगित हुनुको कारणबारे अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछाने पक्षका कानुन व्यवसायीले सुनुवाइ पछि सारिदिन माग गरेपछि स्थगित गरिएको जानकारी दिए।

यसअघि अघिल्लो बिहीबार पनि पाटन उच्च अदालतमा पेशी परेको हुँदा बुटवल इजलासमा राखिएको सुनुवाइ स्थगित भएको थियो।

कात्तिक २७ गतेको सुनुवाइमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा चलिरहेको मुल मुद्दाको मिसिल मगाउन आदेश दिएको थियो। मिसिल आएपछि अघिल्लो बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ फेरि स्थगित भयो।

यसअघि कात्तिक २० गतेको इजलासले पनि सुरु मिसिल माग गर्ने आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिल नआए पनि जिल्ला अदालतको प्रतिलिपि फाइल प्राप्त भएको छ।

न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ हेर्ने आदेश पहिले नै गरिसकेको थियो।

थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित लामिछानेले दिएको निवेदनका आधारमा उच्च अदालतले जोशीको फाइल समेत बुझाउन आदेश दिएको थियो। यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मागेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले सहकारीमा भएको अपचलन बराबरको बिगो दाखिला गरिसक्दा पनि जिल्ला अदालतले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए।

लामिछानेले जिल्ला अदालतमा पनि बिगो बुझाएर छुटकारा मागे पनि न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते निवेदन अस्वीकार गरेको थियो।

सो मुद्दामा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको छ। लामिछानेले सो रकमको एक चौथाइ अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेश गरेका छन्।

जोशीले पनि त्यति नै रकम जमानतमा राखेपनि दुवैको व्यक्तिगत बिगो कति भन्ने स्पष्ट भैनसकेकाले छुट दिने निर्णय रोकिएको थियो।

हाल लामिछाने ललितपुरको नख्खु कारागारमा रहेका छन् भने जोशी भैरहवाको कारागारमा छन्। लामिछानेले आफू सहकारीको सदस्य, बचतकर्ता वा ऋणी नभएको दाबी गर्दै रकम नलिएको भनिरहेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka