Premier Cables
Premier Steel

अन्य

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | राती ११:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।

बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बिज्ञापन

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । थापा उच्च अदालतका पूर्वन्यायाधीश समेत हुन् ।

बेपत्ता नागरिक छानबिन आयाेगकाे अध्यक्षमा पूर्वमुख्यसचिव लीला गड्ताैलालाई नियुक्त गरिएकाे छ ।

मन्त्री गुरुङका अनुसार नियुक्त पदाधिकारी निम्नानुसार छन्-

सत्य निरुपण तथा मेलमिलाप आयोग
अध्यक्ष महेश थापा- संखुवासभा

सदस्यहरू
अच्युतप्रसाद भण्डारी जाजरकोट

डा. टीकाप्रसाद ढकाल पाँचथर

पदमबहादुर शाही जुम्ला

कुमारी कौशल्य ओझा कञ्चनपुर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
अध्यक्ष लीलादेवी गड्तौला तेह्रथुम

सदस्यहरू
गोपालनाथ योगी सल्यान

अग्नीप्रसाद थपलिया झापा

सृजना पोखरेल काठमाडौं

विनिता नेपाली कास्की सदस्य

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka