Premier Cables
Premier Steel

राजनीति

सिमरामा दिनभर एमाले र जेनजीबीच किन भएको हो लफडा ? स्थिति सामान्य, कर्फ्यू सकियो

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०३, २०८२  | राती १०:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिमरा । नेकपा (एमाले) का नेता–कार्यकर्ता र जेनजी युवाबीच सिमरामा भएको झडपपछि जारी गरिएको कर्फ्यू बुधबार बेलुकी ८ बजेदेखि हटेको छ।

कर्फ्यू उल्लङ्घन गर्दै जेनजी युवाहरू दिनभर प्रदर्शनमा उत्रिएका थिए र उनीहरूले सिमरा विमानस्थलको मुख्य गेट समेत ढालेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो।

बिज्ञापन

दिनभरको तनावपछि बाराको सिमरा अहिले सामान्य अवस्थामा फर्किएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

कर्फ्यू उल्लङ्घन र दिनभरको प्रदर्शन
जिल्ला प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि भेला, जुलुस, सभा वा प्रदर्शन निषेध गरेको थियो।
तर जेनजी युवाहरूले आदेश उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा निरन्तर प्रदर्शन गरे।

छलफलपछि सहमति
साँझ सुरक्षा स्थिति गम्भीर बन्दै गएपछि प्रहरीले प्रदर्शनकारी युवाका प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा युवाहरूले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गर्ने एमाले कार्यकर्तालाई पक्राउ गर्नुपर्ने माग राखे।

प्रहरीले बिहीबार बिहान १० बजे सम्बन्धित व्यक्तिहरूलाई बयानका लागि बोलाउने प्रतिवद्धता जनाएपछि युवाहरूले प्रदर्शन रोके।

प्रहरीले बाटोमा रोकिएका सवारीसाधनलाई साँझ ६ बजेतिर गन्तव्यतर्फ पठाएको जिल्ला प्रशासन कार्यालय बाराका प्रहरी नायव उपरीक्षक वेदप्रसाद जोशीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कर्फ्यू सकिएको भए पनि परिस्थितिको निरन्तर विश्लेषण भइरहेको बताए।

झडपको पृष्ठभूमि
झडप बुधबार बिहान सुरु भएको थियो, जब एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गरेको आरोप लगाइयो। घटनापछि विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो।

उता, एमालेले सोही दिन बाराको परवानीपुरमा आयोजित मधेश प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता काठमाडौँबाट सिमरा आउँदै थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa