Premier Cables

प्रदेश

मधेशका सात दल सडक धर्नामा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ३०, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा सात दलीय गठबन्धनका सांसदहरू आइतबार पनि धर्नामा बसेका छन्।

नेपाली कांग्रेससहित सात दलका सांसदहरूले मधेश प्रदेशसभा भवनअगाडि सडक अवरुद्ध गर्दै धर्ना जारी राखेका हुन्।

विज्ञापन

सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग राख्दै उनीहरूले शनिबार प्रदेशसभा परिसरकै चौरमा वैकल्पिक प्रदेशसभा बैठकसमेत सञ्चालन गरेका थिए।

गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलका हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटलमा
शपथ गराएपछि सात दल निरन्तर विरोधमा उत्रिएका छन्।

मुख्यमन्त्री नियुक्ति खारेजी माग गर्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् भने सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोगसमेत दर्ता गराएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka