Premier Cables

राष्ट्रिय

स्काउटको जग्गामा पूर्वमन्त्री दिपक खड्काले बनाएका संरचनामा बालेनले डोजर चलाए

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २७, २०८२  | बिहान ९:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेका संरचनामाथि काठमाडौँ महानगरपालिकाले बिहीबार डोजर चलाएको छ। उक्त जग्गा पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काको स्वामित्वमा रहेको कम्पनीले भोगचलन गर्दै आएको थियो।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले केही दिनअघि उक्त जग्गामा निर्माण गरिएको संरचनाको भाडा (बहाल) बक्यौता तिर्न ७ दिने अल्टिमेटमसहित सूचना जारी गरेको थियो। सो अवधिभित्र बक्यौता नतिरेमा भवन र सामान जफत गरिने चेतावनीसमेत दिइएको थियो।

विज्ञापन

निर्धारित म्याद सकिएपछि महानगर प्रहरी टोली डोजरसहित पुगेको र सो संरचना भत्काउने काम गरिएको हो।

नेपाल स्काउटले २०६५ सालमा करिब ३ रोपनी क्षेत्रफलको जग्गा खड्का ल्याण्ड प्रालिलाई भाडामा दिएको थियो। सो कम्पनीले त्यहाँ लैनचौर ब्याङ्क्वेट सञ्चालनमा ल्याएको थियो। त्यससँगै माइ च्वाइस नामक रेस्टुरेन्टसमेत त्यही परिसरमा निर्माण गरिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka