Premier Cables
Premier Steel

राजनीति

मधेशका नयाँ प्रदेश प्रमुख कर्णले लिए सपथ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | साँझ ४:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा कर्णलाई मधेश प्रदेशको प्रमुख नियुक्त गर्दै राष्ट्रपति पौडेलले उनलाई सोमबार शपथ गराएका हुन्।

बिज्ञापन

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार संविधानको धारा १६३ को उपधारा (२) अनुसार कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीहरूको उपस्थिती थियो।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

भण्डारीले संविधान विपरीत कार्य गर्दै महोत्तरीको बर्दिबासस्थित एक होटलमै नेकपा (एमाले) का सरोजकुमार यादवलाई बिहानै मुख्यमन्त्रीको शपथ दिलाएकी थिइन्।

उनको उक्त कदमपछि मधेश प्रदेशको राजधानी जनकपुरमा दिनभर तनाव सिर्जना भएको थियो। असन्तुष्ट दलहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोडसमेत गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka