Premier Cables
Premier Steel

विराटनगर

मोरङमा राहदानी सेवा सम्बन्धी नयाँ सूचना जारी, १५४० आवेदन खोलिने

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | साँझ ६:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले राहदानी सेवा प्राप्त गर्नका लागि नयाँ सूचना जारी गरेको छ।

कार्यालयले तीनवटा इनरोलमेन सेन्टर र इलाका प्रशासन कार्यालय रंगेली मार्फत सेवा उपलब्ध गराउदै आएको थियो । तर आन्दोलन पछि भने समस्या भएको जनाइएको छ।

बिज्ञापन

राहदानी सम्बन्धी सेवा लिन चाहने सेवाग्राहीले अनिवार्य रूपमा अनलाइन फारम भरेर आवेदन दर्ता गर्नुपर्ने बताइएको छ।

कार्यालयले मिति २०८२ कात्तिक १६ गतेदेखि मंसिर २० गतेसम्मका लागि जम्मा १५४० थान अनलाइन आवेदन फारम खुला गर्ने जनाएको छ। फारम अनलाइन प्रणालीमार्फत भर्न सकिनेछ।

त्यस्तै, हप्तामा बिहीबार अधिकतम ८० र शुक्रबार अधिकतम ६० जना सेवाग्राहीलाई मात्र सेवा प्रदान गरिने र यो सेवा पहिलो आउनेलाई पहिलो सेवाको आधारमा हुने उल्लेख गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा सेवाग्राहीलाई राहदानी प्रक्रिया सहज र प्रभावकारी बनाउनका लागि यस व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka