Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा माछा तस्करीको प्रयास विफल, १०० के.जी. माछा बरामद

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २२, २०८२  | राती ९:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका–६ स्थित केशवलया खोलाबाट अवैध रूपमा ल्याइएको करिब १०० केजी माछा प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार आज साँझ करिब ५:३० बजे (१७:३०) माछा लुकाइ राखिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त माछा बरामद गरेको हो।

बिज्ञापन

बरामद माछामध्ये करिब ५० केजी रहुजाको माछा र अन्य ५० केजी मसद्रा माछा दुई बोरामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको माछा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई कानुनी प्रक्रिया अनुसार जनप्रतिनिधिहरूको उपस्थितिमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka