Premier Cables
Premier Steel

समाचार

हुलाकी सडकको कटहरी खण्डको ठेक्का रद्द गर्न सिफारिस

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | बिहान १०:०९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ जिल्लामा निर्माणाधीन हुलाकी सडकको कटहरी खण्डमा देखिएको सुस्त प्रगतिका कारण ठेक्का प्रक्रिया रद्द गर्न सिफारिस गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा सरोकारवालासँग भएको छलफलपछि यस्तो निर्णय भएको हो।

रतुवा (मोरङ) देखि केशलिया (सुनसरी) सम्मको हुलाकी सडक अन्तर्गत पर्ने कटहरी खण्डको करिब पाँच किलोमिटर क्षेत्रमा वर्षौंदेखि निर्माण कार्य ढिलो गतिमा भइरहेको छ। यस खण्डमा निरन्तर समस्या देखिँदै आएको भन्दै स्थानीयवासीले प्रशासनमा गुनासो गर्दै आएका थिए।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको उक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कोइराला, प्रहरी नायब उपरीक्षक भविन कटवाल, जिल्ला प्राविधिक कार्यालयका प्रमुख उपेन्द्र दास, सडक डिभिजनका प्रमुख सुरेन्द्र यादवसहित सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले निर्माण कार्यलाई तीव्र पार्ने, सडकमा हुने धुलो नियन्त्रणका लागि नियमित पानी छर्कने र स्थानीयवासीको सहज आवागमन सुनिश्चित गर्ने निर्णय गरेको छ। साथै, ठेकेदार कम्पनीलाई निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै, नियमित अनुगमन गर्ने प्रतिवद्धता पनि जनाइएको छ।

निर्माणमा ढिलासुस्ती र धुलो–हिलोको समस्याबाट वर्षौंदेखि सास्ती खेपिरहेका स्थानीयवासीले हालै सडकमै धर्ना बसेर सरकारको ध्यानाकर्षण गराएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka