Premier Cables
Premier Steel

राजनीति

नयाँ दलको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’, चुनाव चिन्ह तारा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १९, २०८२  | बिहान ८:३७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपालका वामपन्थी दलहरूमा फेरि एकपटक ध्रुवीकरण र टुटफुटको श्रृङ्खला तीव्र बन्दै गएको छ।

नेकपा (एमाले) बाहेकका अन्य कम्युनिस्ट दलहरू—जस्तै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीसँगै अन्य साना वामदलहरू भित्र आन्तरिक विवाद र पुनर्संरचनाको प्रक्रिया चलिरहेको छ।

बिज्ञापन

जेन–जी आन्दोलनपछि दलहरूमा सुरु भएको पुनर्गठन अभियानसँगै पछिल्ला दिनमा वामदलबीच एकता र विभाजन दुवै प्रक्रिया समानान्तर रूपमा अघि बढिरहेका छन्। यही क्रममा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य आठ साना दलबीच आज काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुने भएको छ।

एकीकृत पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” राख्ने र चुनाव चिन्ह ‘तारा’ तय गर्ने सहमति भएको स्रोतले जनाएको छ। नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल रहने व्यवस्था गरिएको छ।

एकता घोषणा पछि नयाँ दलले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने तयारी गरेको छ। यसबीच, माओवादी केन्द्रबाट अलग भएको जनार्दन शर्मा समूह ले ‘पारदर्शी नेपाल’ नामक नयाँ अभियान सुरु गरेको छ। उता नेकपा (एकीकृत समाजवादी) का पूर्व महासचिव घनश्याम भुसाल ले पनि आजै ‘विराट वाम एकता अभियान’ प्रारम्भ गर्न लागेका छन्।

त्यस्तै, नेकपा (एस) बाट अलग भएकी नेतृ रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले एमालेमा पुनः प्रवेश गर्ने घोषणा आजै छुट्टै पत्रकार सम्मेलनमार्फत गर्ने तयारी गरेका छन्। भुसाल र झाँक्री पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्।

यसअघि नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल ले मङ्गलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली सँग भेट गरी समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka