Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

कोशी प्रदेशका विवादित मन्त्री हटाएर नयाँ ल्याइने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८२  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारमा निकट भविष्यमा मन्त्रीपरिषद् फेरबदल हुने भएको छ। नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले यही साताभित्र मन्त्रिपरिषद्मा हेरफेर हुने दाबी गरेका छन्।

बुधबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै राईले गठबन्धनको प्रमुख साझेदार नेपाली कांग्रेससँग मन्त्रिपरिषद् पुनर्गठनबारेको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए।

बिज्ञापन

उनका अनुसार सत्ता सन्तुलन कायम गर्न र सरकारको कार्यशैलीमा सुधार ल्याउन मन्त्रिपरिषद् हेरफेर आवश्यक बनेको छ। राईको भनाइले कोशी प्रदेश सरकारमा निकट भविष्यमै ठूला राजनीतिक परिवर्तन हुने संकेत गरेको छ।

तर कुन मन्त्रीहरूले पद गुमाउने र नयाँ जिम्मेवारी कसलाई दिइने भन्नेबारे औपचारिक घोषणा भने अझै बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka