Premier Cables
Premier Steel

समाचार

शुक्रबारसम्म मौसम बदली र वर्षाको सम्भावना

Calendar मंगलबार, कार्तिक ११, २०८२  | बिहान १०:३२ बजे

काठमाडौं । देशका केही स्थानमा सोमबार (कात्तिक १०) रातिदेखि वर्षा र हिमपात भइरहेको छ । पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो साता वर्षा र हिमपातको थप सम्भावना छ । विशेष गरी पूर्वी नेपालमा वर्षाको सम्भावना बढी रहेको मौसमविद्ले बताएका छन् ।

बिज्ञापन

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि शुक्रबार (कात्तिक १३–१४)सम्म वर्षाको सम्भावना बढी रहेको उल्लेख गरेका छन् ।

“पश्चिमी नेपालबाट हिजो (सोमबार) रातिदेखि वर्षा सुरु भएको छ,” उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “भोलि पहाड र मध्य–पहाडमा वर्षा हुनेछ र बिहीबारदेखि शुक्रबारसम्म व्यापक हुनेछ ।”

हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले वर्षा र हिमपात भएको हो । काठमाडौंमा पनि छिटपुट वर्षा भएको छ । देशका केही स्थानमा यस दिन हल्कादेखि भारीसम्म वर्षा/ हिमपातको सम्भावना छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka