Premier Cables

मौसम

मनसुनी प्रणालीको प्रभाव कायम, कोसीका केही भागमा वर्षा हुने

Calendar मंगलबार, साउन २०, २०८२  | बिहान ८:०२ बजे

काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आकाश अधिकांश समय बदली रहनेछ र धेरै स्थानमा मध्यमदेखि धेरै भारी वर्षासमेत हुने सम्भावना छ।

बिज्ञापन

दिउँसोको अवस्थामा कोसी र मधेस प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

हाल मनसुन सक्रिय अवस्थामा छ र यसको न्यूनचापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई क्षेत्रमा सक्रिय भएकाले देशका धेरै भागमा वर्षा भइरहेको विभागले जनाएको छ।

सावधानी अपनाउन मौसम विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka