कोसी प्रदेश सभा सदस्य भीम पराजुलीले गरे २८ औं दण्ड प्रणाम
नोट: यो समाचार ३ महिना अघिको हो
सोमबार, कार्तिक १०, २०८२ |
बिहान ११:५४ बजे
विराटनगर । कोसी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले छठको सन्दर्भमा २८ औं दण्ड प्रणाम गरेका छन् ।
विराटनगरको ठूलोमिल चैकमा अवस्थित शिव पाञ्चायन मन्दिरबाट पूजाआरधना गरी आज बिहान उनले दण्ड प्रणाम शुरु गरेका हुन । तीन किलोमिटर पूर्वमा अवस्थित सिंघिया खोलामा निर्मित छठघाटमा गई उनले अस्ताउँदो सूर्यलाई अर्घय दिएर उपासना पूरा गर्ने बताएका छन् । पराजुलीले विगत ३५ वर्षदेखि छठको व्रत बस्दै आएको र यो दण्ड प्रणाम २८ औं भएको बताए ।
बौद्ध ,किरातसहितको वैदिक सनातन हिन्दू राष्ट्रू प्रति आफ्नो आस्था रहेको बताउँदै उनले हिन्दू धर्म विश्वमै पुरानो भएको चर्चा गरे ।