Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा छठघाट सरसफाई

Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न २:५० बजे

विराटनगर । छठ पर्वको अवसरमा विराटनगरका विभिन्न छठघाटहरू सरसफाई गर्न शुरु गरिएको छ। विशेषगरी सिंघिया र केशलिया खोलामा छठ पर्व धूमधामका साथ मनाइने गरिएको छ।

सिंघिया खोलाको घिनाहा घाटदेखि हाटखोलासम्मको क्षेत्रमा सरसफाई अभियान चलाइएको छ। साथै, सुनसरी–मोरङ सिचाई आयोजनाको नहरमा पनि विशेष रूपमा छठ मनाइने भएकाले विराटनगर महानगरपालिकाको सहयोगमा सफाइ गरिएको छ। नहरका केही भागमा स्थायी पक्की पूजास्थल समेत निर्माण भइसकेको छ।

बिज्ञापन

महानगरपालिकाका अनुसार, ती पूजास्थलमा वडा कार्यालय र स्थानीयबासी स्वयं सरसफाईमा खटिएका छन्।

वडा नम्बर ६ का वडाध्यक्ष अक्षय सहनीले पूजास्थलहरूमा विभिन्न टोल समितिको अगुवाइमा पनि सरसफाई अभियान सुरु भएको जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka