Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा छठघाट सरसफाई

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । छठ पर्वको अवसरमा विराटनगरका विभिन्न छठघाटहरू सरसफाई गर्न शुरु गरिएको छ। विशेषगरी सिंघिया र केशलिया खोलामा छठ पर्व धूमधामका साथ मनाइने गरिएको छ।

सिंघिया खोलाको घिनाहा घाटदेखि हाटखोलासम्मको क्षेत्रमा सरसफाई अभियान चलाइएको छ। साथै, सुनसरी–मोरङ सिचाई आयोजनाको नहरमा पनि विशेष रूपमा छठ मनाइने भएकाले विराटनगर महानगरपालिकाको सहयोगमा सफाइ गरिएको छ। नहरका केही भागमा स्थायी पक्की पूजास्थल समेत निर्माण भइसकेको छ।

बिज्ञापन

महानगरपालिकाका अनुसार, ती पूजास्थलमा वडा कार्यालय र स्थानीयबासी स्वयं सरसफाईमा खटिएका छन्।

वडा नम्बर ६ का वडाध्यक्ष अक्षय सहनीले पूजास्थलहरूमा विभिन्न टोल समितिको अगुवाइमा पनि सरसफाई अभियान सुरु भएको जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka