Premier Cables
Premier Steel

समाचार

मोरङ कारागारमा एक बन्दीको मृत्यु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०८, २०८२  | अपराह्न १:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा एक बन्दीको मृत्यु भएको छ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–७ निवासी ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको निधन भएको हो। उनी लागुऔषध सम्बन्धी मुद्दाका बन्दी रहेका थिए।

बिज्ञापन

असोज २७ गते राति अचानक शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि सापकोटालाई विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पतालले कात्तिक ६ गते राति उनलाई थप उपचारका लागि रेफर गरेको थियो।

पछि सापकोटालाई विराटनगरकै नोबेल शिक्षण अस्पतालमा सारिएको थियो। त्यहाँ उपचारका क्रममा शुक्रबार राति करिब ९ बजे उनको मृत्यु भएको जेलर ढुंगेलले जानकारी दिए। चिकित्सकका अनुसार उनको फोक्सोमा पानी जमेको र कलेजो पूर्णरूपमा क्षतिग्रस्त भएकाले बचाउन नसकिएको हो।

लागुऔषध मुद्दाका प्रतिवादी सापकोटालाई जिल्ला अदालत मोरङले गत साउन १२ गते थुनामा राखी पुर्पक्षका लागि आदेश दिएको थियो। सो आदेशपछि उनलाई जिल्ला कारागार मोरङमा राखिएको थियो।

सापकोटाको मुद्दा अदालतमा विचाराधीन रहँदै गर्दा उनको मृत्यु भएको हो। मृतकको शव परिवारले जिम्मा लिएर लगेको जेलर ढुंगेलले बताए।

हाल जिल्ला कारागार मोरङमा १ हजार १ सय ८७ जना कैदीबन्दी रहेका छन्, जसमा १ हजार ७५ जना पुरुष र १ सय १२ जना महिला छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka