Premier Cables
Premier Steel

राष्ट्रिय

महाकाली नदी किनारमा विपीन जोशीको दाहसंस्कार

Calendar मंगलबार, कार्तिक ०४, २०८२  | बिहान ११:४६ बजे

महेन्द्रनगर । महाकाली नदीको किनारमा विपीन जोशीको दाहसंस्कार गरिएको छ । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पुर्‍याइएको थियो ।

आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

बिज्ञापन

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए । दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपीनको सोही अवधिमा मृत्यु भएको थियो ।

हमासको आक्रमणमा परी विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरु दुई वर्षअघि इजरायल पुगेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka