Premier Cables
Premier Steel

समाचार

विपिन जोशीको शव भोलि नेपाल ल्याइने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८२  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइने भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जोशीको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो। सो विमान भोलि दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

बिज्ञापन

शव आगमनको अवसरमा दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी हुने तयारी भइरहेको छ।

पढाइका लागि इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका थिए। लामो समयसम्म उनको अवस्थाबारे केही जानकारी नआएकोमा अन्ततः गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka