Premier Cables
Premier Steel

राजनीति

जेनजी विद्रोहको दोस्रो दिन नेपाली इतिहासमै डरलाग्दो दिनः देउवा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी विद्रोहको दोस्रो दिन, भदौ २४ गतेलाई नेपालको इतिहासमा एक “डरलाग्दो दिन”को रूपमा लिपिबद्ध हुने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि त्यसमा घुसपैठ भई हिंसात्मक रूप लिएको बताए।

बिज्ञापन

देउवाले आफ्नो लिखित सम्बोधनमा उल्लेख गरेका छन्, “गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र आन्दोलनले अर्कै रूप लियो। निर्दोष नवयुवकहरूको ज्यान गएको घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ।”

उनका अनुसार भदौ २४ गते विहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालय, प्रहरी चौकी, स्थानीय तहका भवनहरू, वडा कार्यालयहरू, राजनैतिक दलका कार्यालयहरू, नेताहरूका निजी आवास, सञ्चार संस्था तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी भएको थियो।

“यसबाट अकल्पनीय जनधनको क्षति भएको छ,” देउवाले भने, “सम्भवतः यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka