Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

फरेन्सिक जाँचपछि विपिन जोशीको शव परिवारलाई दिइने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | बिहान ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हमासको नियन्त्रणमा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव फरेन्सिक जाँचपछि परिवारलाई जिम्मा दिइने भएको छ । उनको शव इजरायली सेनाको अस्पतालमा ल्याइएको छ। इजरायलको राजधानी तेलअभिभस्थित सेनाको एक अस्पतालमा शव राखिएको छ । फरेन्सिक जाँच (डीएनए) परीक्षणको तयारी भइरहेको नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिएका छन्।

विपिन जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी हुन्। उनी कृषि अध्ययनका लागि ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत सन् २०२३ मा इजरायल गएका थिए। उनी इजरायल–गाजा सीमा नजिकको किबुज अलुमिम क्षेत्रमा कार्यरत थिए, जहाँबाट ७ अक्टोबर २०२३ मा हमासद्वारा अपहरण गरिएको थियो।

बिज्ञापन

इजरायली सञ्चारमाध्यमका अनुसार, हमासले हालै अन्तर्राष्ट्रिय रेडक्रसमार्फत चार बन्धकको शव फिर्ता गरेको छ। तीमध्ये विपिनसहित गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव रहेका छन्।

विपिनको परिवारसँग शव हस्तान्तरणका लागि तयारी भइरहेको छ। उनका आमा पद्मा जोशी र बहिनी पुष्पा अमेरिकामा रहेका छन् र दुवैलाई इजरायल बोलाइने तयारी भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa