Premier Cables
Premier Steel

कोशी प्रदेश

धनकुटामा मिनि ट्रक दुर्घटना: सहचालकको मृत्यु, चालक सामान्य घाइते

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | बिहान १०:५८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । धनकुटा नगरपालिका–९, पाँचगोलाईस्थित कोशी लोकमार्गमा आइतबार राति भएको मिनि ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, राति करिब २ बजे धनकुटाबाट धरानतर्फ तरकारी बोकेर जाँदै गरेको प्र.३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।

बिज्ञापन

दुर्घटनामा ट्रकका सह–चालक उदयपुर रानीटारका करिब १८–१९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भए। उनलाई प्रहरी चौकी मुलघाट र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्‍याएको थियो। तर, बिहान ५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल उनको शव अस्पतालको शवगृहमा राखिएको छ।

२६ वर्षीय ट्रक चालक नारायण खड्का, जो उदयपुरगढी गाउँपालिका–९, कुर्कुनटारका बासिन्दा हुन्, दुर्घटनामा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka