Premier Cables
Premier Steel

अपराध

देशभरबाट ५ हजार कैदी अझै फरार, प्रहरी खोजी अभियान तीव्र

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | बिहान १०:२१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जेन–जी आन्दोलनको समयमा देशभरका विभिन्न कारागारबाट भागेका झन्डै ५ हजार कैदीबन्दी अझै नफर्किएपछि प्रहरीले खोजी अभियान तीव्र पारेको छ। तीमध्ये कतिपय फरार कैदी पुनः आपराधिक गतिविधिमा संलग्न भइरहेका घटनाहरू सार्वजनिक भएपछि सुरक्षामा थप चुनौती देखिएको हो।

ललितपुरको नक्खु कारागारबाट भदौ २४ गते भागेका काभ्रे पनौती–१२ का सन्तबहादुर तामाङले असोज २ गते आफ्नै श्रीमती जमुनाको हत्या गरे। उनी जबर्जस्ती करणी मुद्दामा चार वर्षअघि जेल चलान भएका थिए।

बिज्ञापन

त्यसैगरी, नक्खु कारागारबाटै भागेका आकाश मगरले असोज १३ गते काठमाडौंको मनमैजुमा सुरज तामाङको हत्या गरे। उनी लुटपाट र डकैती आरोपमा जेल परेका थिए।

दाङको तुलसीपुर कारागारबाट त्यही दिन फरार भएका तुलसीपुर–५ का खिमबहादुर विकले असोज ११ गते राति स्थानीय गौतम सार्कीमाथि खुकुरी प्रहार गरेका थिए। उनी कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय भोगिरहेका थिए।

समाजमा त्रास, प्रहरीको अपिल

फरार कैदीबन्दीहरूबाट आपराधिक गतिविधि बढ्दै गएपछि सर्वसाधारणमा त्रास फैलिएको छ। प्रहरीले नागरिकलाई सतर्क रहन, शंकास्पद गतिविधि देखेमा तुरुन्तै जानकारी गराउन आग्रह गरेको छ।

प्रहरीको अनुसार, जेन–जी आन्दोलनको बीचमा भदौ २४ गते देशभरका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १३,५५३ कैदीबन्दी भागेका थिए। हालसम्म ८,६७० जना कारागार र ३४१ जना सुधारगृहमा फर्किसकेका छन् भने करिब ४,५০০ बढी अझै फरार छन्।

प्रहरी महानिरीक्षकको कार्यालयले भदौ २६ मा सूचना जारी गर्दै फरारहरूलाई नजिकको प्रहरी कार्यालय वा सुरक्षासंस्थामा सम्पर्क गर्न आग्रह गरेको थियो। त्यसपछि कारागार व्यवस्थापन विभागले असोज ११ गते पुनः सूचना जारी गरी असोज २० भित्र कारागारमा फर्कन अन्तिम मौका दिएको थियो।

विभागले कैदीहरूलाई लुकाउने वा संरक्षण दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

कारागार व्यवस्था ऐन २०७९ अनुसार, तोकिएको म्यादमा कारागार नफर्किएका कैदीलाई ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ। यदि भाग्दाका क्रममा उनीहरूले कारागारको संरचनामा तोडफोड गरेका छन् भने १० वर्षसम्मको कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

भागेका कैदीहरू खोज्न ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको छ। यस्तै, फरार विदेशी कैदीहरूलाई कालोसूचीमा राख्न कारागार विभागले अध्यागमन विभागसँग समन्वय गरिसकेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka