Premier Cables
Premier Steel

कोशी प्रदेश

भोलिसम्ममा मेची राजमार्ग संचालन हुने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज २५, २०८२  | अपराह्न ३:०३ बजे
Hamro Biratnagar Headlines

इलाम । भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलामका बाढीपीडितहरूको अवस्था बुझ्दै भोलिसम्ममा मेची राजमार्ग सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।

हाल मेची राजमार्गअन्तर्गतको राजदुवाली खण्ड अझै अवरुद्ध छ भने मिल गोलाइ खण्ड सञ्चालन भइसकेको छ।

बिज्ञापन

शनिबार इलाम नगरपालिका-१० को राजदुवाली पुगेर मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। उनले तत्काल सडक सञ्चालनमा ल्याउन तथा विद्युत् आपूर्ति पुनःस्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बाढीका कारण विस्थापित ३४ घरपरिवारलाई उनले राहत सामग्री वितरण गरेका थिए। अवलोकनका क्रममा मन्त्री घिसिङले प्रभावितहरूलाई यथाशीघ्र उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka