Premier Cables
Premier Steel

कोशी प्रदेश

पहिरोले मेची राजमार्ग अवरुद्ध

Calendar बिहिबार, पुष १०, २०८२  | बिहान ११:१३ बजे

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

बिज्ञापन

प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka