Premier Cables
Premier Steel

कोशी प्रदेश

गाडीले बालिकालाई ठक्कर दिएर भाग्ने कोशीका मन्त्री अनुसन्धानमा तानिदै

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज २५, २०८२  | अपराह्न १:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृह मन्त्रालयले ललितपुरको हरिसिद्धिमा गत महिना भएको ‘हिट एण्ड रन’ घटनामा संलग्न पक्षलाई मिलापत्रको आधारमा उन्मुक्ति दिइएको विषयमा गम्भीर चासो व्यक्त गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतलाई घटनाको गम्भीरताबारे ध्यानाकर्षण गराउँदै थप निष्पक्ष र वस्तुनिष्ठ अनुसन्धान गर्न निर्देशन दिएका छन्।

बिज्ञापन

उक्त दुर्घटनामा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार सवारीले २१ भदौमा हरिसिद्धिमा बाटो काट्दै गरेकी ८ वर्षीया बालिका उषा सुनार मगरलाई जेब्रा क्रसिङमा ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि बालिकालाई उद्धार नगरी भागेको जनाइएको छ।

दुर्घटनापछि मन्त्री मगर र उनका चालकले बालिकाको उपचार खर्च बेहोर्ने सहमति जनाउँदै लिखित कागजात गरेका थिए। प्रहरीका अनुसार सोही आधारमा मिलापत्र गरिएको र त्यसैबाट उनीहरूलाई कानुनी कारवाहीबाट उन्मुक्ति दिइएको हो।

तर, गृह मन्त्रालयले यो विषय केवल उपचार खर्चको मिलापत्रले टुंगो लाग्ने खालको नभएको स्पष्ट पारेको छ। मन्त्रालयका एक स्रोतले भने, “जेब्रा क्रसिङमा ठक्कर दिएर भाग्ने जस्तो आपराधिक लापरवाहीलाई सामान्य मिलापत्रमा टुंग्याउने अभ्यास अस्वीकार्य छ। यो विषयमा गहिरो अनुसन्धान हुनुपर्छ। कुनै पनि व्यक्ति पदको आधारमा उन्मुक्ति नपाओस् भन्ने निर्देशन दिइएको छ।”

घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो घटनालाई “सामान्य” भन्दै राजनीतिकरण नगर्न चेतावनी दिएका थिए। तर, उनको उक्त टिप्पणी समेत व्यापक आलोचनाको विषय बनेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka